माछापुच्छ्रे बैंककाे ब्याज आम्दानी साढे ९५ करोड बढी, यस्ता छन् अन्य सूचक

  २०७७ कार्तिक २८ गते ९:०६     विकासन्युज


काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा करिब २९ लाख रुपैयाँले बढी हो । बैंकले गत आवको असोज मसान्तमा ९५ करोड २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले सार्वजानिक गरेको आर्थिक वर्ष २०७७/७८को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ, सञ्चालन नाफा ५५ करोड ८१ लाख र अन्य सञ्चालन आम्दानी ३ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी १७.७ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात १३.१२ गुणा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ रहेको छ ।

८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, निक्षेप बढेर १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि बढेर ९७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ०.४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२.६० प्रतिशत, कोषको लागत ६.१५ प्रतिशत र सीसीडी रेसियो ७६.९४ प्रतिशत कायम छ । त्यस्तै, आधार दर ८.३१ प्रतिशत र स्प्रेड दर ४.३३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.