लाभांश पारित गर्न एनआईसी एशिया बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लाेज कहिले ?

  २०७७ कार्तिक २७ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसीर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले प्रस्तावित २० प्रतिशत लाभांश पारित गर्दै । बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले साधारण सभामा जाने प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सभामा आ.व. २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात र नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका समान्य प्रस्तावहरूमा छलफल तथा निर्णय गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको सम्मान एवं परिपालना गर्दै साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

साधारण सभामा अनलाइन सहभागीताको लागि बैंकद्वारा सेयरधनीलाई मिटिङ्ग आईडी तथा पासवर्ड उपलब्ध गराउने व्यवस्था मिलाइएको बैंकले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.