पहिलो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको बीमाशूल्क आर्जन १२ करोड ११ लाख रुपैयाँ

  २०७७ कार्तिक २७ गते १६:५८     विकासन्युज

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ११ लाख रुपैयाँ बीमाशूल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशूल्क ११ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको खुद नाफा ३ करोड ५ लाख रहेको छ । सो भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २ करोड २ लाख रुपैयाँमा सिमीत थियो ।

एभरेष्ट इन्स्योेरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको बीमा कोषमा ३४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.