कामना सेवा विकास बैंकको १४औं वार्षिकोत्सव सम्पन्न

  २०७७ कार्तिक २७ गते १५:३१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका थिए ।

शुभकामनाको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि. डि. एस. एन्ड क्लियरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकज्युहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.