गुराँश लाइफले पहिलो त्रैमासमा आर्जन गर्यो ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क

  २०७७ कार्तिक २७ गते १२:३९     विकासन्युज

काठमाडौ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्ष सोही समयमा गुराँश लाइफले खुद बीमाशूल्क ४४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गुराँशको खुद नाफा ४ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ३ करोड १९ लाख रुपैयाँमा सिमीत थियो ।

लाइफ इन्स्योरेन्स कम्पनीले खुद दाबी भुक्तानी १४ करोड २९ लाख रुपैयाँ गरेको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.