धनतेरस लगानीकाे लागि शुभदिनः अनलाइनबाटै एनआइबिएल सहभागिता फण्डका इकाइ किन्न मिल्ने

  २०७७ कार्तिक २७ गते ९:४८     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डले यो वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई नयाँ अवसर ल्याएको छ । फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई अवसर स्वरुप एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुरु गर्न सक्ने व्यवस्था मिलाएको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यही शुक्रबार अर्थात कार्तिक २८ गते धनतेरसको दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । फण्डले हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको हो ।

यससँगै इच्छुक लगानीकर्ताले लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुरु गर्न सक्नेछन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.