स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक भन्छन्- सबैको मन मनमा स्वास्थ्य बीमा पुर्याउँछु

  २०७७ कार्तिक २६ गते २०:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सबै नेपालीको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आज(कार्तिक २६ गते) आफ्नो पदको पदबहाली गर्दै सो बताएका हुन् ।

साथै, डा. बसौलाले आफ्नो मुख्य लक्ष्य नै स्वास्थ्य बीमाको गुणात्मक र संख्यात्मक पहुँच वृद्धि गर्ने बताएका छन् ।

डा. बसौलाले अपरान्ह स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पद बहाली गरेका हुन् । उनले आजै स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.