अपि पावरको नाफा १९६ प्रतिशत र आम्दानी १२१ प्रतिशतले बढ्यो

  २०७७ कार्तिक २६ गते १८:०४     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.९६ प्रतिशत बढी हो । गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्ममा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद नाफासँगै आम्दानीमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२१.२० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३५.७४ रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२.८ रुपैयाँ रहेको थियो । कम्पनीको मूल्य आम्दानी अनुपात र प्रतिसेयर नेटवर्थ घटेर क्रमशः ५.४० गुणा र १२४.३० रुपैयाँमा झरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । गत आवको असोज मसान्तमा कम्पनीको जगेडा कोषमा ११ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको थियो । जुन यसै आवको सोहि अवधिमा बढेर २८ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.