मैतीदेवी चोकमा नेचर सुपरमार्केट, काठमाडाैंमा ४० वटा शाखा खुल्ने

  २०७७ कार्तिक २६ गते १८:००     विकासन्युज

काठमाडाैं । काठमाडौंको मैतीदेवी चोकमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ सञ्चालनमा आएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदी, हास्य कलाकार दीपाश्री निरौला र जितु नेपालले उक्त सुपरमार्केटकाे बुधबार उद्घाटन गरेका  छन् ।

उद्घाटन समारोहमा उपभोक्ताहरुको चाहना अनुसार काठमाडौं उपत्यका भर होम डेलिभरीको सुविधा साथै बजारको माग र आम उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराउन सुरु गरिएको कम्पनीका अध्यक्ष जनक धामीले बताए ।

सुपथ मूल्यमा दैनिक उपभोग्य तथा ग्रोसरी सामान उपलब्ध गरी बजार व्यवस्थापन तथा गुणस्तरीय उत्पादन, बिक्री वितरणको लामो अनुभव र अभ्यासको परिणामस्वरुप सशक्त सुपरमार्केटको सुरुवात गर्ने ‘प्रतिस्पर्धात्मक विश्व बजारमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्न नेचर सुपरमार्केट सदैव प्रतिबद्ध उनले बताए ।

साथ साथै ‘स्थापनाको एक वर्ष भित्र काठमाडौं उपत्यकामा १० वटा शाखा ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने यस नेचर सुपरमार्केटको लक्ष्य रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.