युनाईटेड इदी-मर्दीकाे आईपीओ भाेलिदेखि भर्न नपाइने, अब तिहारपछि मात्रै

  २०७७ कार्तिक २६ गते ९:४४     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले भाेलि अर्थात कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने मिति परिवर्तन भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ निष्काशनकाे मिति परिवर्तन भई अब तिहारपछि मात्र खुल्ने जानकारी गराएको हो ।

क्यापिटलका अनुसार कम्पनीकाे सेयर निष्काशन आगामी मंसिर ३ गतेदेखि मात्र हुने भएकाे छ । संस्थाले नेपाल धिताेपत्र बाेर्डकाे निर्देशन अनुसार आइपीओ निष्काशनकाे मिति परिवर्तन गरी तिहारपछि मात्रै खुलाउने निर्णय गरेकाे हाे ।

हाईड्रोले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न लागेकाे हाे । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

मिति परिवर्तन भएसँगै हाईड्रोले आगामी मंसिर ३ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्ने छ । यससँगै सेयरधनीले साे दिनदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् । क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.