साधारण सभामा जान यूनिलिभर नेपालले २० दिन बुक क्लोज गर्ने

  २०७७ कार्तिक २४ गते १४:२२     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्तिक २७ गतेदेखि मंसिर १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन अर्थात २० दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीको २७औं वार्षिक साधारण सभा यही मंसिर १६ गते अपरान्ह पाैने ४ अर्थात ३ः४५ बजे अनलाइन माध्यमबाट बस्ने भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट  सेयरधनीलाई प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । कम्पनीकाे आगामी कात्तिक २७ गतेदेखि बुक क्लोज हुने भएकोले कात्तिक २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश पाउने छन् ।

सम्बन्धित समाचारः

४५ दिनभित्र वितरण गर्ने गरी यूनिलिभर नेपालले घोषणा गर्यो लाभांश

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.