फर्स्ट माइक्रोफाइनान्सको मंसिर ५ गते बुक क्लोज, साधारण सभामा जाँदै

  २०७७ कार्तिक २३ गते १५:०४     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी मंसिर ५ गते बुक क्लोज हुने भएको छ । साधारण सभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन मात्र बुक क्लोज हुने भएको हो ।

संस्था आगामी मंसिर १८ गते ११औं वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा बस्दै छ ।

सभाले सेयरधनीलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस र ४.१८४२ प्रतिशत नगद गरी सो १३.६८७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी ८० करोड ७ लाख ४० हजार ७ सय ४६ रुपैयाँ रहेको छ । ९.५० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ नाघ्ने छ ।

त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरु निर्वाचन गर्ने र मर्ज तथा एक्विजिशनको लागि अख्तियारी प्रदान गर्ने भएको छ ।

सम्बन्धित समाचारः

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३.६८ प्रतिशत लाभांश दिने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.