जो बाइडन बने अमेरिकाको ४६ औं राष्ट्रपति

  २०७७ कार्तिक २३ गते ९:१८     विकासन्युज

काठमाडाैं । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावमा हराउँदै बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका हुन् ।

राष्ट्रपति निर्वाचनको आधिकारिक परिणाम घोषणा हुन बाँकी भएपनि बाइडनले पाएकाे मतकाे आधारमा उनले नै जित्ने पक्का भइसकेकाे छ । शनिबार राति नै बाइडनले जित्ने पक्का भएकाे हाे ।

कुल ५३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिने अमेरिकाकाे राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक पर्छ जसमा बाइडनले आइतबार बिहानसम्म २७९ भाेट पाइसकेका छन् जहाँ ट्रम्पले भने मात्र २१४ इलेक्टोरल भाेट पाएका छन् ।

जनवरी २० मा उनले अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्नेछन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.