३ दर्जन जिल्ला अध्यक्षहरुको एउटै स्वर–‘ढकाल प्यानललाई जिताउनुको विकल्प छैन’

  २०७७ कार्तिक २१ गते १५:३२     विकासन्युज

कैलाली । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला लगायतका अन्य विभिन्न जिल्लाका अध्यक्षहरुले चन्द्र ढकाल प्यानल जिताउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल सहितको टोलीले चुनावी प्रचारप्रसारका लागि धनगढीमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले अहिले सम्म धेरै भोट दिएर विभिन्न व्यक्तिलाई जिताएर पठाएको भएपनि काम नगरेको तर अब ढकालले भने केही गर्ने अपेक्षा आफुहरुमा भएको बताएका छन् ।

कार्यक्रममा ३० भन्दा बढी जिल्लाका नगरका अध्यक्षहरुले ढकालको प्यानललाई समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निमित्त पनि अबको निर्वाचनमा चन्द्र ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताएका हुन् ।

उनीहरुले महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रिय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको प्रशंसा गर्दै अबका दिनमा जिल्ला नगरका समस्या सम्बोधनका लागि पनि ढकाल प्यानलाई जिताउनुको विकल्प नरहेको बताएका थिए ।

चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या संबोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानलाई जिताउने कुनै बिकल्प नरहेको बताए । ‘अहिले केही साथीहरु महासंघभित्र शुद्धिकरण र शुदृढिकरण जस्ता नारा लिएर चुनावी मैदानमा होमिएका छन्,’ उनले अहिलेका महासंघका नेतृत्वप्रति इंगित गर्दै भने, ‘आफु अशुद्ध हुने जिल्ला नगरका साथीहरुलाई समस्या पर्दा फोन नउठाउन, स्वीच अफ गर्ने अनि अहिले शुद्धिकरणको नारा लिएर हिड्ने ?’

उक्त कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्न सक्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्लाका हरेक समस्यासँग जुध्दै आएका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहको भन्दै सबैलाई उहाँहरुको पक्षमा पतदान गर्न आग्रह समेत गरे ।

साथै कर्णाली प्रदेशमा आयोजित उक्त कार्यक्रममा आयोजित उक्त कार्यक्रममा सो प्रदेशका १० जिल्ला नगर उद्योग वाणिज्य संघमध्ये ८ जिल्लाका अध्यक्षको उपस्थिती रहेको थियो भने बाँकी २ जिल्लाका अध्यक्षहरु स्वास्थ्य समस्याका कारण उपस्थित हुन नसकेको बताइएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफु त्यसको लागि तयार रहेको बताए ।

‘कार्यक्रममा मैले पनि यहाँहरुको धेरै गुनासा सुने धेरैलाई जिताएर पठयौं तर हाम्रा समस्या सम्बोधन भएन,’ उनले भने, ‘मेरो आफ्नै पनि ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको छ तसर्थ मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु ।’

आफुले पनि जिल्लाबाटै शुन्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रुपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफुलाई जिल्ला नगरका साथीहरुको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । कोरोना संक्रमणका कारण यस अघिको भेटनै झण्डै अन्तिम भेट भएको जानकारी दिँदै आफुले कोरोनालाई जित्दै दोस्रो जीवन पाएको उक्त समय व्यवसायीक हतहितकै लागि लगाउने समेत उनले प्रतिवद्धता गरे ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका थिए ।

‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

कार्यक्रममका सभापति महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले महासंघको शाख बचाउनको लागि चन्द्र ढकाल नेतृत्वको टीमलाई जिताउनु पर्ने बताए । यसअघि अध्यक्ष भएका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नुभयो, त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठीक हुन्, जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै उनले भने, ढकालले ७७ वटै जिल्लामा आफ्नो व्यवसाय फैलाएको कारण समस्या समाधान गर्न पनि सजिलो हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.