एफएनसीसीआई निर्वाचनको माहोल तात्यो, उम्मेदवार प्रचारप्रचारमा व्यस्त, ढकालकाे टोली पश्चिम नेपाल पुग्यो

  २०७७ कार्तिक २१ गते १४:५९     विकासन्युज

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगमी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा उम्मेदारी दिएका व्यवसायीहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

उम्मेदवारहरुले जित सुनिश्चित गर्नको लागि विभिन्न उद्योगी व्यवसायीहरुसँगको भेट तथा चुनावी प्रचारप्रसार बढाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारचन्द्र प्रसाद ढकाल चुनावी प्रचार प्रसारकै लागि सुदूरपश्चिम पुगेका छन् ।

पूर्वको ताप्लेजुङ देखि पश्चिमको दार्चुला सम्मका व्यवसायीहरु सहभागि चुनावी प्रचारप्रसार अभियान धनगढीबाट सुरु भएको छ । चुनावी प्रचारप्रसारको अभियान नेपालगन्ज ,बुटवल पोखरा हुदँै काठमाण्डौ सम्म पुग्ने बताइएको छ ।

आफ्नो जित सुनिश्चित गर्नको लागि उनी सुदूरपश्चिमका व्यवसायीहरुसँग भेटघाट तथा चुनावी प्रचारप्रसार गर्न धनगढी पुगेका हुन् । कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै ढकालले आफु वरिष्ठ उपाध्यक्षमा विजयी भए जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न तम्तयार रहेको र सदैव व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने गर्दै आएको समेत बताए ।

उनले सानादेखि ठुला उद्योगी व्यवसायीहरुका समस्यालाई राज्यसंगको सहकार्यमा नितिगतरुपमा निर्णय गराएर अगाडि बढने समेत बताए ।
‘मैले महासंघमा लागेदेखिनै उद्योगी व्यवसायीका समस्याहरु बुझ्दै आएको छु, ती समस्या समाधान गर्नको लागि पनि लामो समयदेखि पहल गर्दै आएको छु, अझै पनि तपाईँहरुले विश्वास गरेर मलाई जिताउनु भयो भने, धेरै काम गर्न म तयार छु,’उनले भने ।

यस्तै उद्योग वाणिज्य महासघंका पुर्व अध्यक्ष चण्डी राज ढकालले ढकालको प्यालनले नै महासंघमा राम्रो काम गर्ने सक्ने दावी गरे । उनले ढकालको प्यानल बिजयी भए जिल्ला नगरका उद्योगी व्यवसायीका समस्याहरु समाधमान हुने पनि विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै जिल्ला नगरका उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताए । उनले जिल्ला नगरका समस्यालाई सम्बोधन गर्न आफु दिनरात लागि पर्ने बताए ।

चुनावी सभामा कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवरले प्रदेशबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.