रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

  २०७७ कार्तिक २१ गते ८:५०     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ९१.९७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोहि अवधिसम्म ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँले बढी हो ।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफामा वृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ६२.४३ प्रतिशतले बढाएर ३ करोड ७३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा एक करोड ८५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

आईपीओ जारी पश्चात २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको असोज मसान्तसम्ममा ११ करोड १० लाख रुपैयाँ मात्रै कम्पनीको जगेडा कोषमा सञ्चित रहेको थियो ।

त्यस्तै, गत आवको असोजसम्ममा ५३ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित भएको छ । महाविपत्ती कोष पनि बढेर एक करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ जुन गणना गर्दा अन्तिम सेयर संख्या लिएको कम्पनीले जानकारी गराएको छ । प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०४.७५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५.६१ रुपैयाँ रहेको छ ।

गत असोजमा ४ हजार १३८ वटा बीमालेख जारी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्ममा कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन कम्पनीले गत आवको सो अवधिसम्ममा ९९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले हालसम्ममा ६६ हजार ११३ वटा बीमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत असोज मसान्तसम्ममा १२ वटा दावी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेकाे र ४ वटा दावी वापत ४७ लाख ५० हजार रुपैयाँ भने भुक्तानी हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.