बोनसपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा हुँदैछ काराेबार ?

  २०७७ कार्तिक २० गते १२:०६     विकासन्युज

काठमाडौं । बिहीबार गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७६.७२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ रहेको थियो ।

मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा कम्पनीको सेयर मूल्य १३ रुपैयाँले बढेर प्रतिकित्ता ५९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.