सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, दुई दिनमै ६५ रुपैयाँले बढ्यो भाउ

  २०७७ कार्तिक २० गते ११:४५     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा दोश्रो दिन पनि सर्किट लागेको हो ।

बिहीबारको बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर सर्किट लागेको छ । प्रतिकित्ता ३४२ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढी हो ।

अघिल्लो दिन अर्थात कार्तिक १९ गते भएको कम्पनीको पहिलो कारोबारमा पनि सेयर मूल्यमा सर्किट लागेको थियो । सो दिनको बजारमा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँदेखि शुरु भएको थियो । आजसम्म अर्थात कारोबार शुरु भएको दुई दिनको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ३७६ रुपैयाँ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको ८ लाख ४१ हजार ९ सय २२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.