युनाईटेड इदी-मर्दीले दोश्रो चरणमा आईपीओ जारी गर्दै, कार्तिक २७ गतेदेखि भर्न पाइने

  २०७७ कार्तिक २० गते ८:५७     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले दोश्रो चरणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

हाईड्रोले आगामी कार्तिक २७ गतेबाट ८ लाख ७३ हजार ९१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । यससँगै सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि कम्पनीकाे सेयर भर्न पाउने भएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता सेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता सेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता सेयर बाँकी रहेको छ । त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता सेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता सेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता सेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता सेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता सेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

यससँगै इच्छुक सेयरधनीले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा कम्पनीको माग अनुसारको बिक्री नभए सेयरधनीले ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी गराएको छ ।

क्यापिटलका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिसेयर प्रतिसेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ९७.६९ रुपैयाँ र ८.३३ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

सम्बन्धित समाचारः

युनाईटेड ईदी-मर्दीको पहिलाे चरणकाे आईपीओ बाँडफाँड, आवेदन गर्ने सबैले पाए सेयर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.