इन्टरनेट सेवा प्रदायक संघकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुधिर पराजुली

  २०७७ कार्तिक १९ गते १८:५६     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) मा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सुबिसु केबल नेटका सह-संस्थापक एवम् अध्यक्ष रहेका सुधिर पराजुलीको अध्यक्षतामा संघमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष पराजुली सर्वसम्मत रूपमा उक्त पदमा चयन भएका हुन् । यससँगै, बुधबार गठन भएको कार्यसमितिमा उपाध्यक्ष पदमा प्रमेश खनाल र महासचिवमा नवीनकुमार श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै, संघको सचिवमा कमलप्रसाद बास्तोला सचिव र कोषाध्यक्षमा पुष्कारसिंह बडाल चयन भएका छन् । त्यसैगरी, संघको वरिष्ठ सल्लाहकारमा विजय जलान, विनय बोहरा, विनयमोहन साउद रहेका छन् भने सदस्यमा विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन् ।

बुधबार भर्जुअल बैंठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.