नेपाल घुम्ने बम्पर प्याकेजः ३० देखि ५० प्रतिशतसम्म छुट, यस्ता छन् प्रमुख पर्यटकीय स्थलका प्याकेज

  २०७७ कार्तिक १९ गते १७:४५     सन्ताेष राेकाया

काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण लामो गरेको छ । कोरोना भाइरसकै कारण सम्पूर्ण क्षेत्र धरायसी अवस्थामा पुगे पनि सबैभन्दा बढी असर भने पर्यटन उद्योगलाई नै पुर्याएको छ ।

अहिले कोरोना भाइरसको संक्रमणदर नरोकिएपनि आर्थिक गतिविधिहरु भने चलायमान हुन थालेका छन् । सरकारले लकडाउन गर्न छोडेर कोरोना भाइरससँग लड्न स्वास्थ्य सुरक्षामा मापदण्डहरु पालनासँगै विभिन्न गतिविधि पनि अघि बढाएको छ ।

यससँगै धरायसी अवस्थामा पुगेको नेपाली पर्यटन क्षेत्रलाई सकारात्मक गतिमा ल्याउनका लागि नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टुर अपरेटर्स अर्थात पर्यटन व्यवसायीहरुले टुर प्याकेजहरु ल्याउन थालेका छन् ।

टुर अपरेटरस्हरुले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेका छन् । त्यसको सहजकर्ता तथा समन्वायत्मक भूमिकाका रुपमा नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ । सातै प्रदेशका टुर अपरेटरर्सहरुले विभिन्नि पर्यटकीय स्थलहरुका लागि टुर प्याकेज बनाएर बोर्डमा पठाइहरेका छन् ।

बोर्डले अहिले पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशमा आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाएर काम भइरहेको पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए ।

‘पर्यटकीय स्थलका लागि कस्ता खालका प्याकेज बनाउने के कस्ता सेवा सुविधा दिने भनेर समितिले निर्णय गरेर बोर्डमा पठाउँछ, त्यही अनुसारको मार्केटिङ गर्ने काम बोर्डले गर्छ,’ लामिछानेले भने ।

उनका अनुसार सातै प्रदेशका व्यवसायीसँग मिलेर प्याकेज बनाइरहेका छन् । उनका अनुसार प्याकेज बनाएर ती प्याकेजको मार्केटिङ तथा बेच्ने काम बोर्डले गर्नेछ । उनले आन्तरिक पर्यटन प्रवद्र्धनकाले लागि वर्षको ४/५ दिन बिदा दिने कार्यक्रम रहेको छ । सबै ठाउँहरुमा पहिलेको घन्दा ३०देखि ५० प्रतिशतसम्म छुट रहेको उनले बताए ।

कस्ता छन् प्याकेज ?

भोजपुरको मैयुङ ट्रेल भ्रमण

प्रदेश नम्बर एकको मुग्लिङ ट्रेल घुम्नको लागि ३४ हजार ८ सय रुपैयाँको आकर्षकको टुर प्याकेज रहेको छ । यो प्याकेज १२ दिनको रहेको छ । यो प्याकेजमा काठमाडौं, टेंकेडाँडाँ, हाँसापोखरी, तिलिचो, मयुर डाँडाँ, भोजपूर लगायतका ठाउँहरु घुम्न सकिने छ ।

मैयुङ ट्रेल मन्त्रालयको एक सय वटा उत्कृष्ट गन्तब्य भित्र पनि पर्दछ । यस्तै ६ दिनको लागि पनि अर्को प्याकेज पनि रहेको छ । यसका लागि १९ हजार ९ सय रुपैयँ तिर्नु पर्नेछ । यी प्याकेजहरुमा गाइडहरु, खाने बस्ने सबै व्यवस्था रहेको छ ।

इलाम

ईलामका लागि पनि प्रदेश एकका व्यवसायीले आकर्षकको टुर प्याकेज बनाएका छन् । न्यूनतम चारजनाको लागि ३ रात ४ दिनको रहेको छ । यसमा इकोनमी १० हजार ९ सय, बजेटमा ११ हजार ५ सय ,डिलक्समा १३ हजार ५ सय तिर्नु पर्ने भएको छ । यस्तै चार जनाको समूहमा घुम्न जानेहरुका लागि पनि प्याकेजको व्यवस्था रहेको छ ।

त्यसका लागि १४ हजार ९ सय (इकोनमी), बजेटमा १५ हजार, र डिलक्समा १७ हजार ५ सय रुपैयाँ रहेको छ । यसका लागि जहाजको आफै तिर्नु पर्नेछ ।

पाथीभरा

पाथिभराका लागि पनि आकर्षकका प्याकेजहरु रहेका छन् । हलेसी, पाथिभरा धरान बिराटनगर लगायतका ठाउँहरु घमेर पाथिभरा जान २० हजार ५ सय रुपैयाँ लाग्ने भएको छ । बिराटनगरमा स्वागत गरेर गाडीले त्यहाँबाट हलेसी लगेर जानछे । हलेसी महादेवमा पूजा गराएर धरान जाने र धरानबाट बराह क्षेत्र घुमाउने प्यमकेज रहेको छ । त्यहाँबाट ताप्लेजुङ र सँगै इलाम र पनि घुम्न पाइने प्याकेज छ । यात्रा भने जीपमा गर्नुपर्नेछ ।

यस्तै, पाथीभराका लागि ५ रात ४ दिनको दलागि अर्को प्याकेज पनि छ जसका लागि १५ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

रारा

पर्यटकहरुका लागि आकर्षक गन्तब्यका रुपमा चिनिने रारा पनि प्रख्यात ठाउँ हो । ६ रात ७ दिनको ७ जनाको लागि २३ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । डिलक्स जीपबाट २४ हजार ५ सय रुपैयाँ र बसमा २५ जनाको १६ हजार ५ सय रुपैयाँको प्याकेज रहेको छ ।

टुर प्याकेजमा जहाजसहित आउने जाने अर्को १६ हजार ५ सय रुपैयाँको प्याकेज छ । जुन २ रात ३ दिनको हुनेछ ।

टीकापूर, चिसापानी

सुदूरपश्चिमका पर्यटन व्यवसायीहरुले पनि त्यहाँका विभिन्न पर्यटकीय स्थलहरुदलाई समेटेर प्याकेजहरु तयार पारेका छन् । धेरै टुर प्याकेजहरु एक दिनका लागि छन् । धनगढी, टिकापूर, चिसापानी, घोडाघोडी ताल ४ देखि ८ जनाको समूहलाई ५ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । जुन एक दिनको लागि मात्र हो ।

त्यसमा र्याफ्टिङ, डफ्फिन देखाउने, बनाना कटेजको विभिन्न परिकार लिन पाइने लगाएतका सुविधा छन् । ४ जनाको समूह भएमा प्रतिदिन ५ हजार ५ सयको टुर पयाकेज बनाएर घुम्न सकिने छ । १० जनाभन्दा बढी भएमा ४ हजार लाग्नेछ ।

खप्तड

यस्तै सुदूरपश्चिमको घुम्न लायक ठाउँ खप्तड पनि हो । खप्तडमा घुम्न जानले प्रत्येक दिन ५ हजार पाँच सय रुपैयाँ तिर्नु पर्नेछ । त्यसमा खाने बस्ने सहित अन्य सुविधाहरु पनि छन् । यसमा १० जनाभन्दा माथि भएमा ४ हजार शुल्क लाग्ने छ ।

बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज पनि पर्यटकहरुका लागि आकर्षकको पर्यटकीय स्थल हो । त्यहाँ घुम्नको लागि २ रात ३ दिनको प्याकेज छ । एक दिनको ५ हजार ९ सय रुपैयाँ शुल्क तोकिएको छ । घुम्न चाहनेले नेपालगज्त्र आफै आउने र त्यहाँबाट गाडीले लिफ्ट गर्नेछ । त्यो रकमा। बस्ने खाने सुविधा सहित सफारी पनि गर्न पाइने छ ।

भैरहवा

भैरहवामा पनि ५ हजार ५ सय रुपैयाँमा घुम्न सकिनेछ । यो प्रतिदिनको शुल्क हो ।

पोखरा

पोखरा पनि सबैको मन पर्ने नै ठाउँ हो । पोखराका लागि पनि विभिन्न प्याकेजहरु बनाइएको छ । २ रात ३ दिनको प्याकेज अन्तर्गत चार तारे होटलमा बस्नेले १२ तिर्नु पर्नेछ । त्यो रकमा पोखरा आसपासका पर्यटकीय स्थलहरु घुम्न सकिनेछ ।

यात्रा जीपमा हुनेछ । १४ जना छन् भने १० हजारमा शुल्क लाग्नेछ ।

मुस्ताङ
अधिकांश पर्यटकहरुले जान चाहने ठाउँ हो मुस्ताङ । मुस्ताङका लागि पनि विभिन्न प्याकेजहरु बनेका छन् ।्र

४ रात ५ दिनमा मुस्ताङको लागि दुई जनाको ३२ हजार रुपैयाँ शुल्क लाग्नेछ । यात्रा बसमा यात्रा गर्नु पर्नेछ । बजेट होटलमा भने २५ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यसमा दुई रात पोखरा एक रात जोमसोममा बस्न पाइनेछ । एक रात मुक्तिनाथमा पनि बस्न पाइने छ । यस्तै ५ राति ६ दिनको लागि ६२ हजार रुपैयाँ प्याकेज छ। यस्तै अपर मुस्ताङ जानको लागि ६२ हजार रुपैयाँ लाग्ने भएको छ ।

सगरमाथा

सगरमाथा क्षेत्र घुम्न जान चाहनेहरुका लागि पनि अहिले विभिन्न प्याकेजहरु बनाइएको छ । चार रात ५ दिनको एभरेष्ट फेमेली ट्रेकको लागि १३ हजार ९ सय ९९ रुपैयाँ तिर्नुपर्छ । यो खर्चमा जान पाइने भनेको नाम्चेको खुम्जुङ भ्यालीसम्म हो ।

यस्तै, १० रात ११ दिनको गोक्यो ट्रेकको शुल्क भने १७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । १२ रात १३ दिनको एभरेष्ट बेसक्याम्प ट्रेकको शुल्क भने १९ हजार ९ सय ९९ रुपैयाँ छ । यो शुल्कमा काठमाडौंदेखि लुक्लासम्म आउने जाने हवाई भाडा, होटल खर्च र ब्रेकफाष्ट समावेश हुन्छ । लन्च र डिनरको लागि भने आफैले पैसा तिर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.