कोरोना तँ जे जे चाहन्छस् माग, हिसाब किताप २ वर्षपछि गर्दै गरौंला

  २०७७ कार्तिक १९ गते १९:२०     यज्ञबहादुर कार्की

चीनबाट यात्रा सुरु गरेको कोरोना (कोभिड) को भाईरसले आज युरोप हुँदै दक्षिण एसियाका ठुला साना सबै मुलुकहरुमा यात्रा गरिसकेको छ । कोरोनाका सन्दर्भमा उठेका विभिन्न तर्क, बितर्क र रोगसंग सजक रहने उपायहरु र त्यसकै लागी भनि भरखरै कम्युनिष्ट भनाउँदो सरकार र त्यस्को लाभांस समेत लिन पछि नपर्ने बिषयको सन्दर्भमा पनि भिन्नभिन्न तर्क र मतहरु ब्यापक रुपमा जनतामा चर्चामा आईसकेका छन । बास्तवमा कोरोना भाईरस के हो त ? र सरकारको यस विषयमा जनता प्रति दायित्व बोध कस्तो छ त ? साच्चै कोराेना भाईरस भने जतिनै गम्भिर र धातक छ त ? यी तीन प्रश्न र तत्त विषयमा केन्द्रीत भई यसकाे समाधान समेतको लेख लेखिने प्रयास गरिन्छ ।

कोराना भाईरस एक प्रकारका बिषाणुहरु हुन् र यी चाँडैनै रक्तमा घुलमिल हुन गै शरिरका विभिन्न अङ्गहरुले गर्ने कार्यमा असर पार्न सक्दछन जस्तै जिब्रोमा असर पुर्याउदा जिब्रोको स्वाद लिने शक्ति हराउन सक्दछ । यस्तै नाकको छिद्रमा रहि नाकको सुध्ने शक्ति नष्ट गराउन सक्दछ । यस्तै, पेटमा गई पखाला चलाउन सक्दछ र घाँटि रहि सुख्खा खोकी उत्पन्न गराउन पनि सक्दछ । यसै प्रकृयामा यस्ले रोग फैलाउनु अघि ज्वर उत्पन्न गराई बिषम ज्वरको कारणले निमोनिया गराई फोक्सोमा पनि ईन्फेक्सन गराउन सक्दछ । ईन्फेक्सनको कारणले श्वास प्रश्वासमा गडवडी हुन पुगी मृतु हुन जान्छ । अन्य अवस्थामा भने शरीरलाई असर पुर्याए पनि मृत्यु भने हुने संम्भावना रहँदैन । केहि दिन पश्चात त्यो आफै ठिक हुन्छ । (बिषाणुहरु हराएर जान्छन्) कोराना भाईरस नामधारी यी विषाणुहरु संक्रात्मकत त हो तर शरिरको प्रतीरोधात्मक शक्तिमा पनि निर्भर हुनेछ । यो परापुर्ब कालको प्लेग, बिफर कलेरा जस्तो चाहिँ होईन ।

विश्वव्यापी रुपमा फैलदै गईरहेको कोभिड चाहि हातका माध्ययमबाट नाक, आखाँ र मुखको प्रवेशद्वार हुँदै शरिर भित्र प्रवेश गर्दछ । यसले प्रवेश पाईसके पछि केहि दिन निश्कृय भै केहि समयपछि मात्र लक्षणहरु देखाउँदछ । यसरी हेर्दा यसकाे अवधि २ हप्ता र कसै कसैमा ३ हप्ता रहन्छ । यो अबधिमा सकृय भै शरिरका घाटीदेखि तल फैलने अवस्था हो । यसका भिन्न प्रकार का चरित्र र कृयालाई भने बुझ्न जरुरी छ । झण्डै रेविज बराबर फैलने प्रकार र लुप्त हुने र शरिरको भित्री भागमा फैलने अवस्था अलि कम मात्र हो जबकी रेविजमा भाईरसहरु २ महिना देखि ३ महिना सम्ममा मस्तिष्कमा पुगि सक्छन र रोगीले कुकुर जस्तै भुक्ने टोक्ने र चिथर्ने आदि देखाउन थाल्दछ । जल फोबिया हुन्छ र मस्तिष्क मा संक्र्मण भएको ७ देखि १० दिन भित्रमा मृत्यु हुन पुग्दछ भने रेविजमा ऐन्टि रेबिजको औषधि बनि सकेको कारणले अब त्यो त्यति भयाबह मानिदैन । समुहमा जान रोक्न सकिन्छ । कोभिड पनि श्वास प्रश्वासबाट सर्ने होईन तर थुक, र्याल र खकारबाट सर्ने हुदा सकभर थुकका कणहरु मुखमा पर्न नपावोस् भन्ने हिसावले माक्स र दुरी कायम गरिने हो र रोगीबाट संक्रमण हुने अर्काे अवस्था भनेको छोएका चिज वस्तुहरुमा केहि दिनसम्म भाईरस रहिरहने हुँदा हात सावुन पानीले धुदा पखालिएर जाने हो ।

यसका भाईरस धाँटिमा ४ देखि ९ दिनसम्म लुप्त रुपमा बिना लक्षण एकै ठाँउमा केन्द्रीत भएर रहिरहन्छन् । यसै अवधिमा यी अरुमा सर्ने र त्यस पछि शरिरको प्रतीरोध शक्तिनुसार लक्षण देखिने,वा शरिरका तरलतामा घुलनभै हराउन पनि सक्दछन् । शरिरमा प्रवेश भै सकेका भाईरस कति खेर, कुन दिन र कुन समयमा प्रवेश गरे त एकिन गर्न असम्भव भएको र पिसिआर गरिँदा भने भाईरस भए नभएको थाह हुनेछ ।

कोभिड कडा प्रकारको भाईरस भएको कारणले कमजोर रोगी र अति बृद्द वक्तिहरुलाई श्वास प्रश्वासमा गडबडी उत्पन्न गराउन ,फोक्सोमा ईन्फेक्सन गराई मृत्यु गराउने ठुलो सम्भावना हुन्छ । अतः फोक्सोमा भाईरस जान नसक्ने उपाए पनि ठुलो बुद्दिमत्ता हो ।

१. तातो पानी बेला बेलामा खाई रहनु २. बाहिर गएर आँउदा साबुन पानीले मिचिमिची हात धुने ३. फिटको दुरी कायम गर्नु र भिडमा जाँदा माक्सको प्रयोग गर्नु । तातो पानीले कुल्ला गरी फाल्नु । ज्वरो आएमा थोरै नुन राखि असुरोको थोरै पात राखि उमाली १ दुई ग्लास पानी बिहान बेलुकी खानु । यिनै मात्र सजग रहने उपायहरु हुन् ।

कोरोनाको माग मृत्यु हो त्यसका रोगीको माग जीवन हो र यसका कारणले साबुन माक्स र सेन्टिलाईजर पञ्जन बिकाउने माग व्यापारीहरुको हो र यसैको संन्त्रास फैलाई मानवको सामाजिक संवेदन शिलता नष्ट गराई धर्म र संस्कृतिको बिखण्डन पुर्याइ लाभ लिन पल्केकाहरु दायित्व बोध सुन्य भएकाहरुको वर्ग र मानवाविरोधीको पहिचान गर्न सक्नु चाहि सभ्य सचेत र राष्ट प्रेमी जनताहरुको राष्टेिय कर्तव्य पनि हो । अब सोचौं भाग- कोरोना भाग जे जे तँ चाहन्छस् तँ माग हिसाब किताप २ वर्षपछि गर्दै गरौंला ।

यदि नगर्री मुर्खता राख्ने जति फेरी, अर्काे महामारीमा परौला । राणाको महामारीमा, शाहको महामारीमा र कमाउनिष्टहरुको महामारीमा सचेत भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.