रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजनाः बीमालेख अवधिभर सुरक्षा, २२५ प्रतिशतसम्म बोनस भुक्तानी

  २०७७ कार्तिक १९ गते १२:२६     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।

यस योजनाको अर्को विशेषता भनेको यदी बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस(सिम्पल रिभाइजिओनरी प्लस टर्मिनल, यदि) भुक्तानी गरिनेछ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

यो योजनासंगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.