बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त

  २०७७ कार्तिक १८ गते १९:४२     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सको कामु सीईओमा शैलेन्द्र वादे श्रेष्ठ नियुक्त भएका छन् । संस्थाको कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले कामु सीईओ सहित संस्थाको तीन वटा पदमा नयाँ नियुक्ती गर्ने निर्णय गरेको छ ।

सो अनुसार कम्पनीको रिक्त रहेको महिला सञ्चालक पदमा सुशिला खनाल नियुक्त भएकी छिन् । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गराइएको हो ।

त्यसैगरी, बैठकले कम्पनी सचिव पदमा राज सुन्दर श्रेष्ठलाई नियुक्त गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.