सानिमा जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

  २०७७ कार्तिक १८ गते १४:२१     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको १ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीकाे सो मात्राको सेयर आज (कार्तिक १८ गते) मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर बुधबार (कार्तिक १९ गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल एसजीआई दिइएको छ ।

यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०३.७३ रुपैयाँ र अधिकतम ३११.१९ रुपैयाँ तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.