महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नै पर्छः शेखर गोल्छा

  २०७७ कार्तिक १७ गते १५:१८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यायसी किसोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताएका हुन् ।

‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ । राजनीतिको क्यान्सर । अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ । जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ । अरु कोही व्यक्ति जो निर्वाचित छैनन् उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौं । किन भने यो सबै विकृति हो भन्ने मलाई लाग्छ ।’, उनले भने  .

सबै पूर्व अध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए । निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गरे ।

आफुले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए । उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सिमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यायसी किसोर प्रधानको समूहलाई साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.