एफएनसीसीआई निर्वाचनः प्रधान समूहको प्यानल घोषणा, पूजारी बनेर महासंघमा काम गर्ने प्रतिवद्धता

  २०७७ कार्तिक १७ गते १२:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले आफ्नो टीमको घोषणा गर्दै लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा अनुभव हाँसिल गरेको बताउँदै महासंघको स्तरोन्नतीका लागि पूजारी बनेर काम गर्ने बताए । उनले आफूले नेपाल उद्योग वाणिज्य महासंघलमाई मन्दिर जस्तै ठानेकोले आफूले त्याे मन्दिरकाे पूजारी सम्झेर काम गर्ने प्रतिवद्धता गरे ।

‘म २८ बर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गर्दै आएको छु, मैले महासंघलाई मन्दिर ठानेको छु, म यस संस्थाको वृद्धि विकासका लागि पूजारीझै काम गर्छु,’ उनले प्यानल घोषणा सभामा भने ।

उनको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेद्वारी दिएका छन् ।
कार्यक्रममा अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष कुशकुमार जोशी लगायतको सहभागिता रहेको छ । प्रधानको टीमलाई गोल्छा र जाेशीकाे साथ छ ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले अब आफ्नो नेतृत्वको महासंघबाट राजनीतिको क्यान्सर पनि हटाउने बताए । कुनै पनि काम नगर्नेलाई महासंघबाट हटाउनु पर्ने बताउँदै उनले महासंघमा राजनीति नभएर काम गर्नेको आवश्यकता भएको बताए ।

बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाल समूहले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.