आरएमडीसी लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

  २०७७ कार्तिक १७ गते १२:३७     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद(कर समेत) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

जसलाई राष्ट्र बैंकले स्वीकृत गरेको नेप्सेले जानकारी गराएको छ । यससँगै उक्त लाभांशलाई संस्थाको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

८९ करोड ९३ लाख रुपैयाँ संस्थाकाे चुक्ता पुँजी १५ प्रतिशत बोनस सेयर पश्चात १ अर्ब ३ करोड रूपैयाँ पुग्ने छ । अघिल्लाे आवमा संस्थाले बोनस र नगद लाभांश बराबर अर्थात १२.५/१२.५ प्रतिशत वितरण गरेको थियो ।

सम्बन्धित समाचारः

आरएमडीसी लघुवित्तले २० प्रतिशत लाभांश दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.