कञ्चनपूर पुगेर मन्त्री भट्टले भनेः म कूरा होइन काम गर्न आएको हुँ, अब आर्थिक विकासको काम शुरु भयो

  २०७७ कार्तिक १६ गते १४:३६     विकासन्युज

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक र आर्थिक क्षेत्र विकास गरेर पूर्व–पश्चिमलाई जोड्ने काम गर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना गरिने सुक्खाबन्दरगाह निर्माणस्थलमा आयोजित ए्रक कार्यक्रममा बोल्दै उनले मु्लुकमा आर्थिक तथा औद्योगिम विकासका लागि कामहरु गरेर पूर्व पश्चिम जोड्ने काम हुने बताएका हुन् ।

उनले आफूहरु कूरा मात्र नभएर काम गर्न आएकोले अब गरेका बाचाहरु विस्तारै पूरा हुँदै जाने बताए । ‘विस्तारै सबै क्षेत्रलाई समेटेर औद्योगिक र आर्थिक रुपमा पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण जोड्छौं, हिजोको जस्तो नारा दिने काम नगर्ने होइन, हामी काम गर्न आएका छौँ, काम गरेर देखाउँछौं,’ उनले भने ।

उनले देशलाई औद्योगिकीकरण र उत्पादन र श्रमलाई नजोडेसम्म जस्तोसुकै नारा दिए पनि मुलुक समृद्ध हुन नसक्ने बताए ।
यस्तै, उनले सुदूरपश्चिम प्रदेशमा मलकारखाना स्थापना गरिने र त्यसका लागि निजी क्षेत्रको पनि लगानी आवश्यक रहने बताए ।

उनले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र, अत्तरिया धनगढी औद्योगिक करिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र पूर्वतिर बाँकेको नौबस्ता औद्योगिक क्षेत्र विकास गर्ने कार्य भइरहेको समेत बताए ।

यसअघि महाकाली नगरपालिकाकै कञ्जभोज स्थापना गर्ने भनिए पनि नेपाल–भारत दुई पक्षीय सम्बन्ध, प्राविधिक पाटो र कम लगानीमा बढी उपलब्धि हासिल गर्ने भनेर अहिलेको ठाउँमा छनामेट गरिएको समेत जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.