जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल थपियो

  २०७७ कार्तिक १६ गते १२:११     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल थपिएको छ । महाप्रबन्धक तमोटको कार्यकाल आगामी तीन महिना अर्थात माघ १८ गतेसम्मको लागि थप भएको हो ।

कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेका हुन् । महाप्रबन्धक तमोटको कार्याकाल यहि कार्तिक १८ गतेसम्म रहेको थियो । सञ्चालक समितिको निर्णयसँगै उनले आगामी माघ १८ गतेसम्म यस कम्पनीमा आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.