अपि पावरको हकप्रद सेयरको बिक्री खुला, कहिलेसम्मका सेयरधनीले आवेदन दिन पाउँछन् ?

  २०७७ कार्तिक १४ गते १५:०३     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीको हकप्रद सेयर आज अर्थात कात्तिक १४ देखि मंसिर ८ गतेसम्म खुला भएको छ । कम्पनीले साविकका सेयरधनीलाई १ सेयर बराबर नयाँ ०.४७ अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीमा राखेको हो । सो प्रयोजनको लागि कम्पनीले गत २०७६ चैत १ गते बुक क्लोज गरेको थियो । यससँगै २०७६ फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रद सेयरलाई इक्राएनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

यस आयोजना निर्माणका लागि जम्मा ७ अर्ब ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड रूपैयाँ आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ ।

बाँकी ७० प्रतिशतले हुने रकम  ५ अर्ब १८ करोड रूपैयाँ हिमालयन बैंकको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक सहभागी गरी आयोजनाको सह-वित्तियकरणमा कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

हाल चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको आ.व. २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १ अर्ब ३६ करोड रुपैयाँ रहेको, जगेडा कोष तथा संचित नाफामा १७ करोड रुपैयाँ रहेको र प्रति सेयर आम्दानी ८.०४ रुपैयाँ रहेको छ ।

अपिले यसअघि दार्चुलामा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना र सोही नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत गरी सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.