प्रदेश नम्बर 2 को रौतहट मा पहिलो पल्ट फुटसल प्रतियोगिता सम्पन्न

  २०७७ कार्तिक ९ गते २२:१९     विकासन्युज

रौतहट । हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ।

रौतहटको फतुवा विजयपुर – ११ स्थित मैदानमा भएको फाइनलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १-१ गोल गरे।

युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् । साथै उनले नगद १५०० नगद पुरस्कार हात पारे।

उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पर्यो भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो।
विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे । दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए ।

प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए भने कार्यक्रम को सन्चालन युवा समाजसेबि एन के शरद ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.