सामसुङका अध्यक्ष लिको निधन, यस्ताे थियाे उनकाे उदय र सत्ता सम्बन्ध

  २०७७ कार्तिक ९ गते २०:५४     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको सबैभन्दा ठूलो कपोरेट हाउस सामसुङ ग्रुपका अध्यक्ष लि कुन–हीको ७८ वर्षको उमेरमा निधन भएको छ । लिले आफ्नाु बुबाको सानो व्यापारलाई विविधिकरण र विस्तार गर्दै देशको सबैभन्दा ठूलो कर्पोरेट आउस मात्र बनाएका थिएनन्, सामसुङ इलेक्ट्रोनिक्सलाई विश्वको सबैभन्दा ठूलो प्रविधिमा आधारित व्यवसाय बनाएका थिए ।

फोब्सका अनुसार २१ अर्ब अमेरिकी डलर मूल्य बराबरको सम्पत्तिसहित लि दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति भएका थिए ।

सामसुङ ग्रुपले लिको आइतबार निधन भएको जनाएको छ तर निधनको बारेमा स्पष्ट पारेको छैन । ‘सामसुङमा जोडिएका हामी सबै उहाँलाई सम्मानपूर्वक सम्झिरहने छौं र उनीसँगको महत्वपूर्ण यात्रा र सस्मरण साटासाट गर्नेछौं’

सन् २०१४ मा उनीमा हृदयघात भएको थियो र उनी विशेष स्वास्थ्य निगरानीमा रहेका थिए ।

उनी सामसुङका संस्थापक लि वियुङ–चुलको माइला साइलो छोराको रुपमा सन १९३८ मा जन्मिएका थिए । उनी सन् १९६८ मा पारिवारिक व्यवसायमा जोडिएका थिए । बुबाको निधनपछि उनी सन् १९८७ मा कम्पनीको अध्यक्ष भएका थिए ।

जतिबेला उनी कम्पनीको अध्यक्ष थिए, त्यतिबेला सामसुङ सस्तो र कमसल सामान उत्पादन गर्ने कम्पनीको रुपमा परिचित थियो । उनको नेतृत्वमा कम्पनीमा व्यापक सुधार भए ।

उनले सन् १०९३ कर्मचारीहरुसँग भनेको भनाई निकै चर्चित भयो । ‘हामीले हाम्रा श्रीमती र छोरोछोरी बाहेक सब कुरा परिवर्तन गरौं’ उनले कर्मचारीसँग भने र स्टकमा रहेको १ लाख ५० हजार मोवाइल सेट जलाए ।

पारिवारिक स्वामित्वमा रहेको सामसुङलाई उनले बहुराष्ट्रिय कम्पनी मात्र बनाएनन्, दक्षिण कोरियाको अर्थतन्त्रलाई नै प्रभावित पार्ने हैसियतमा उभ्याए । तर उनी सञ्चार माध्यमसँग कहिल्यै बाेल्न चाहादैन  थिए ।

दोस्रो विश्वयुद्धपछि उनले देशको अर्थनीतिमा प्रभाव पार्दै कम्पनीलाई लाभ दिलाएको उनीमाथि पटक पटक आरोप लाग्यो । उनीसँगको विजनेश डिलको आरोपमा कोरियाका धेरै राजनीतिकर्मी जेलसमेत परेका थिए । पूर्व राष्ट्रपति रोह तै–वुसँग मिलेर अपराधिक काम गरेको भन्दै उनी माथि दुई पटकसम्म सरकारी अभियोग लागेको थियो । सन् २००८मा उनीमाथि छलिको अभियोग पनि लाग्यो र त्यतिबेला उनले कम्पनीको अध्यक्ष पद छोडेका थिए ।

उनलाई तीन वर्ष जेल सजाय तोकियो तर २००९ मा राष्ट्रपतिले उनलाई माफी दिए । सन् २०१० मा फेरी कम्पनीको अध्यक्ष भए । सन् २०१४मा हर्टअट्याक भएपछि उनको सक्रियता कम हुँदै गएको थियो ।

उनले सन् २०१८को विन्टर ओलम्पिक दक्षिण कोरियामा गराउन उनले विशेष योगदान गरेका थिए ।

व्यवसायिक घोटालामा संलग्न भएको भन्दै उनका छोरा लि जै–योङ पनि पटक पटक जेल परेका छन् । तर सामसुङको व्यवसायिक यात्रा भने निरन्तर उकालो लागिरहेको छ । (बीबीसीमा रिपोर्टमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.