काेभिडका कारण बैंकर्स शम्भुप्रसाद पाैडेलकाे निधन

  २०७७ कार्तिक ९ गते १७:०५     विकासन्युज

काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौड्यालको निधन भएको छ । कोभिड १९ संक्रमण भएपछि अस्पताल भर्ना भएकाे पाैडेलकाे आइतबार  मध्यान्न निधन भएको पारिवारिक स्राेतले बतायाे ।

पौडेल नबिल बैंक स्थापनाकाल  अर्थात २०४२ सालदेखि २०७७ असाेजसम्म नविल बैंककाे सञ्चालक थिए । पछिल्लाे चार वर्ष उनी नविल बैंककाे अध्यक्ष थिए । गत असाेज २० गते बैंककाे अध्यक्षबाट अवकाश पाएका थिए ।

नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पाैडेल राष्ट्रिय बीमा संस्थानकाे कायर्कारी अध्यक्ष समेत भएका थिए । निरन्तर बैकिङ क्षेत्रमा काम गरेर उल्लेख्य याेगदान गरेकाे भन्दै  नेपाल बैंकर्स संघले दुइ वर्षअघि उनलाइ सम्मान गरेकाे थियाे ।

कोभिड १९ बाट संक्रमित भएपछि उनी उपचारकाे लागि नर्भिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई ह्याम्स अस्पताल सारिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.