माेटरसाइकल बजारमा पकड जमाउँदै सिएफ मोटो, २ लाखदेखि १६ लाख मूल्यका ७ माेडल

  २०७७ कार्तिक ८ गते २१:४२     विकासन्युज

काठमाडौं । चाइनिज मोटरसाइकल ‘सिएफ मोटो’ सन् २०१७ को अगष्ट महिनामा नेपाल भित्रिएको थियो । यो तीन वर्षको छोटो अवधिमै यस ब्राण्डका बाइकहरुले नेपाली बजारमा राम्रो पकड जमाउन सफल पनि भएका छन् ।

दशैं अफरस्वरुप जुनसुकै मोडेल किन्दा ८ हजार रुपैयाँ एकमुष्ट डिस्काउन्टका साथै एउटा हेल्मेट र एक वर्षका लागि रोड ट्याक्स फ्रि गरेको कम्पनीका ७ ओटै मोडेलहरुका विशेषता के छन् ? मुल्य कति पर्छ ? धेरैको चासोको विषय हुन सक्छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले हाल यस ब्राण्डका ७ ओटा मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त ब्राण्डका मिनि, नेकेड र टुरिङ्गमा गरी १२५ सीसीदेखि लिएर ६५० सीसीसम्मका बाइकहरु उपलब्ध भइरहेका छन् भने बाइकहरुले साेचेभन्दा राम्राे बजार समेत लिइरहेका छन् ।

एसटि पापिओ

यो एउटा मिनि बाइक हो जसमा १२४.५ सीसीको सिङ्गल सिलिण्डर ४–स्ट्रोक ईएफआई इञ्जिन समावेस गरिएको छ । उक्त इञ्जिनले ९.३९ बीएचपीको पावर र ८.३ एनएमको टर्क उत्पादन गर्दछ । ६ गियर दिइएको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी ७७५ मिलिमिटर सिट हाइट रहेको यस बाइकको फ्युल ट्याङ्क क्यापासिटी ७ लिटरको रहेको छ भने कर्ब वेट चाहिँ ११४ केजीको रहेको छ । नेपाली बजारमा एसटि पापिओको मूल्य दुई लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

१५० एनके

एनके फेमिलीकै सवैभन्दा सानो सदस्य १५० एनकेमा १४९.४ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड ईएफआई इञ्जिन समावेश गरिएको छ । यस इञ्जिनले १४.३५ बीएचपीको पावर र १२.२ एनएमको टर्क उत्पादन गर्दछ भने बाइकमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी १० लिटर ट्याङ्क क्यापासिटी रहेको यस बाइकको सिट हाइट ७७५ मिलिमिटर, कर्व वेट १३५ केजी र ग्राउण्ड क्लियरेन्स चाहिँ १५० मिलिमिटरको रहेको छ । कम्पनीले १५० एनकेको बजार मूल्य तीन लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ ।

२५० एनके

एग्रेशिभ लुकिङ्ग यस बाइकमा टिएफटि डिस्प्ले, स्टिल ब्रेडेड ब्रेकलाइन्स, यूएसडी फर्क लगायतका प्रिमियम पार्टर्सहरुको प्रयोग गरिएको छ । यसमा २४९.२ सीसीको सिङ्गल सिलिण्डर ओयल कुल्ड ईएफआई इञ्जिन समावेस गरिएको छ जसले २६.१५ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । ६ स्पिड गियरबक्स दिइएको उक्त बाइकमा डुअल-च्यानल एबीएस र दुई अलग राइडिङ्ग मोड पनि समावेस गरिएको छ । कम्पनीले नेपालमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । याे माेडल बजारमा सबैभन्दा पपुलर रहेकाे सेल्सम्यान नितु पाैडेलले बताइन् ।

४०० एनके

यस बाइकमा ४००.४ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ । यो सिएफ मोटोको एक पावरफुल इञ्जिन हो जसले ४२.२४ बीएचपीको पावर र ३५.४ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क र पछाडि चाहिँ सिङ्गल डिस्क जडान गरिएको छ । कन्टिनेन्टल एबीएस सिस्टम दिइएको यस बाइकको सिट हाइट ७९५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १५० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १७ लिटर र कर्ब वेट १९३ केजी रहेको छ । ४०० एनकेको नेपाली बजार मूल्य भने सात लाख ९० हजार रुपैयाँ रहेको छ ।

४०० जिटि

यो सिएफ मोटोको टुरिङ्ग बाइक हो जसमा एडजस्टेवल विङ्गशिल्ड, टिएफटि डिस्प्ले, स्पोटर्स र टुरिङ्ग गरी दुई ओटा राइडिङ्ग मोड लगायतका विशेषताहरु समावेश छन् । यस बाइकमा ४०० सीसी डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले ४२.२४ बीएचपीको पावर र ३६.५ एनएमको टर्क उत्पादन गर्दछ । नेपाली बजारमा ४०० जिटिको मूल्य नौ लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

६५० एनके

यस बाइकमा ६४९.३ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ जसले ५५.६५ बीएचपीको पावर र ६२ एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा कन्टिनेन्टल एबीएस सिस्टम दिइएको छ । ६५० एनकेको नेपाली बजार मूल्य भने १५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

६५० एमटि

यो सिएफ मोटोको अर्को टुरिङ्ग बाइक हो जसमा ६४९.३ सीसीको पावरफुल इञ्जिन जडान गरिएको छ । यस डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिनले ६९.७३ बीएचपीको पावर र ६२.० एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स रहेको यस बाइकमा मेट्जिलर टायरहरु समावेश गरिएका छन् । त्यसैगरी यस बाइकको सिट हाइट ८४० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १८ लिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटरको रहेको छ । कम्पनीले ६५० एमटि लाई १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.