बिहिबार तीन हजार ६३७ काेराेना संक्रमित थपिए, २१ जनाकाे मृत्‍यु

  २०७७ कार्तिक ६ गते १६:२७     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ६३७ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४४ हजार ८ सय ७७ पुगेकाे छ ।

नेपालमा आजसम्म १३ लाख ५० हजार १५२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३२१५ जना निकाे भएसँगैं हालसम्म १ लाख २ हजार ८२० जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ८१३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.