दुई बैंकसहित चार संस्थाले एमएसएमईलाई सहयाेग गर्ने

  २०७७ कार्तिक ६ गते १४:२३     विकासन्युज


काठमाडौं । वान टु वाच, एनएमबि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार विकास सहयोग एसडिसिबीच लघु, साना तथा मझौला व्यवसायहरु (एमएसएमई) लाई सहयोग गर्ने साझेदारी गरेकाे छ । स्वीस सरकार विकास सहयोग एसडिसिको सहयोगमा वान टु वाचले एनएमबी बैंक र लक्ष्मी बैंकसँग साझेदारी गरि कोभिड-१९ एमएसएमई कोषको घोषणा गरेको छ ।

यो कोषको मुल उद्देश्य कोभिड-१९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । यो कोषबाट व्यवसायहरुलाई छोटोअवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ । यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पर्याउने र करिब १००० रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।

यस अन्तर्गत कोभिड १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितो रहित कर्जा र १८ महिनासम्मको लागि व्याज पनि मिनाहा गरिनेछ । त्यसैगरी, त्यी व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।

“यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक ‘पायलट/प्रयोगात्मक’ हुनेछ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ”- वान टु वाचको प्रबन्ध निर्देशक सुमन जोशीले बताएका छन् ।

“लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथैनयाँ रोजगारी पनि प्रदान गर्दछन् । तसर्थ, यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिने छ । लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसिले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका र्छौं ।” नेपालको लागि स्विस राजदुत एलिजाबेथ भोन क्यापेलरले भने ।

“हामी एक खुद्रा तथा एमएसई केन्द्रित बैंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैंक ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउने छ । हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउने छ ।”

“एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो वृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैंकको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरुलाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.