कुमारी बैंकले घाेषणा गर्याे तीन वर्ष यताकै उच्च लाभांश, बाेनस कति ?

  २०७७ कार्तिक ६ गते ११:१५     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जुन पछिल्लाे तीन वर्ष यताकै उच्च हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कार्तिक ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

बैंकले आव २०७५/७६, आव २०७४/२०७५ र आव २०७३/२०७४ को नाफाबाट क्रमशः १०.५२, ८.५ र १२.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२/७३ मा भने बैंकले सेयरधनीलाइ २१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.