नेपाल ल्युब आयलकाे प्रस्तावित नगद लाभांश पारित, सेयरधनीकाे पनि काेराेना बीमा गराउने

  २०७७ कार्तिक ५ गते २१:२०     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको आज (कार्तिक ५ गते) सम्पन्न २९औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले भर्च्युअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले सेयरधनीहरूको समेत कोभिड-१९ बीमा गर्ने घोषणा गरेका छन् । उनले हालको अवस्थामा उद्योगलाई सधै सुचारु राख्नु नै चुनौति रहेको बताउँदै यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवं कम्पनीसँग आबद्ध सबैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा सेयर होल्डरको पनि काेराेना बीमा गर्ने बताएका हुन् ।

यस्तै प्रस्तावित पुँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले सेयरधनीले उठाएको माग बमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.