निःशुल्क उपचार पाएका बीमितलाई खर्च कटाएर भुक्तानी दिन बीमा समितिकाे निर्देशन

  २०७७ कार्तिक ५ गते २०:३०     विकासन्युज

 

काठमाडौ । काेराेना बीमा गराउने वीमितलाई दाेहाेराे लाभ नदिन बीमा समितिले सम्बन्धित कम्पनीलाई निर्देशन दिएकाे छ । समितिले राज्यबाट निःशुल्क सुविधामा उपचार पाएका नागरिकहरूकाे बीमा दावी भुक्तानी गर्दा उनीहरूकाे उपचारमा राज्यले गरेकाे खर्च कटाैति गरेर मात्र भुक्तानी दिन भनेकाे छ ।

असाेन १९ गते मन्त्रिपरिषद्ले आर्थिक अवस्था कमजोर भएका, अशक्त, असहाय, अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटने स्वास्थकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, लगायत जाेखिम क्षेत्रमा कार्यरत कर्मचारीकाे हकमा भने कोरोना परिक्षण र उपचार खर्च सरकार निःशुल्क व्यहोर्ने तर उनीहरूले बीमा गराएकाे अवस्थामा उपचार खर्च बीमा रकममा कटाैति गर्ने निर्णय गरेकाे थियाे ।

साेही निर्णयका अनुसार बीमा दावी भुक्तानी गर्न बीमा कम्पनीहरूलाइ निर्देशन जारी गरेकाे बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । बीमा गराएका र नगराएका छुट्याउन सजिलोे भएकाले दोहोरो लाभ असुल्न नमिल्ने र कोही पनि बीमा कम्पनी र सरकारका सुविधाबाट वञ्चित हुनु नपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.