सिद्धार्थ बैंकबाट डिजिटल काराेबार गर्दा विभिन्न क्यास ब्याक पाइने

  २०७७ कार्तिक ५ गते २०:२१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य गरेको छ । बैंकले चाडपर्वको अवसर पारी ग्राहकलाई लक्षित गर्दै बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ बैंक स्मार्ट मार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले बैंक स्मार्ट मार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् ।

१. सिद्धार्थ बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप

कार्तिक ६ देखि मंसिर ५ गतेसम्म पहिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको मोबाइल टपअप पाइने छ ।

२. डिजिटल दक्षिणा

कार्तिक १० देखि कार्तिक १४ गतेसम्म कारोबारको विवरणमा ‘दक्षिणा’ लेखि तीन पटक रकम (न्यूनतम १०० रुपैयाँ) ट्रान्सफर गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने छ ।

३. पहिलो र थप तीन कारोबारमा क्यास ब्याक

कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा ‘माई फर्ष्ट’ लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत (अधिकतम १०० सय रुपैयाँ) क्यास ब्याक पाइने छ । थप तीन कारोबार गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने छ ।

यस क्यास ब्याक पाउन ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्नेछ । यसैगरी, कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म कम्तिमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफ वान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिँदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.