अब लगानीकर्ताले अनलाइनबाटै केवाईसी भर्न सक्ने, सबैतिर एउटैले काम चल्ने

  २०७७ कार्तिक ५ गते १७:५४     विकासन्युज

काठमाडौं । अब सेयर बजारका लगानीकर्ताले घरबाटै ग्राहक पहिचान विवरण (केवाईसी) भर्न सक्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गरेसँगै लगानीकर्ताले अनलाइनबाटै केवाईसी विवरण भर्न पाउने भएका हुन् । बोर्डले उक्त व्यवस्था स्वीकृत गरी लागू गर्नको लागि  बुधबार(कार्तिक ५ गते) नै सिडिएससीकोमा पठाइसकेकाे छ ।

यससँगै उनीहरुले केवाइसी प्रतिनिधिको अधिकार प्राप्त व्यक्तिा वा कर्मचारी मार्फत वा केवाईसी दर्ता प्रतिधिकोमा आफै व्यक्तिगत पहिचान सहितको केवाईसी विवरण भर्न सक्ने छन् ।

र, यस्तो प्रणाली भित्र रहेको केवाईसी विवरण धितोपत्र बजार भित्र सबै निकायले प्रयोग गर्न सक्ने गरी व्यवस्था गरिएको बोर्डले जनाएको छ । अर्थात एकतिर बुझाएकाे विवरणले अर्काे तिर पनि काम चल्ने छुट्टै भर्न नपर्ने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.