सनराइज बैंकको शााखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा

  २०७७ कार्तिक ५ गते १७:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका उक्त स्थानमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

उक्त सेवा बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाको कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङ्गले गरेका थिए ।

समारोहमा प्रमुख अतिथि संगिता गुरुङ्ग र कार्यक्रमका सभापती तथा मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.