नेपाल प्रहरीले स्थापना गर्यो पूर्व गभर्नर नेपालको पिताको नाममा स्मृति पुरस्कार

  २०७७ कार्तिक ५ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरिजीवि नेपालका स्वर्गीय पिता कुलानन्द ठाकुर नेपालको नाममा पुरस्कार स्थापना गरेको छ ।

नेपाल प्रहरीले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट २०१५ सालमा लिएको प्रहरी निरिक्षकको परीक्षामा स्वर्गीय नेपाल लिखित तथा परीक्षणमा प्रथम भएका थिए । पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट लिइएको परीक्षामा सर्वप्रथम भएका स्वर्गीय नेपालको नाममा नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रतिष्ठानले ‘कुलानन्द स्मृति सर्वप्रथम पुरस्कार’ स्थापना गरेको छ ।

सो पुरस्कारको रासी ५० हजार रुपैयाँ नगद र कदरपत्र रहेको छ । अवदेखि नेपाल प्रहरीले खुल्ला प्रतिस्पर्धाबाट लिने परीक्षामा सहभागी भएर प्रथम स्थान हासिल गर्ने प्रहरी निरिक्षकले यस्तो पुरस्कार पाउने छन् । पुरस्कार स्थापनाको लागि नेपाल प्रहरीले अक्षयकोष स्थापना गरेको छ । सो अक्षयकोषमा पूर्वभगर्नर डा. नेपालले पनि रकम प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.