एनआईबिएल एस क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

  २०७७ कार्तिक ५ गते ११:३४     विकासन्युज

काठमाडौं । एनआईबिएल एस क्यापिटलको प्रस्तावित २२.२२ प्रतिशत नगद लाभांश पारित भएको छ । क्यापिटलको वार्षिक साधारण सभाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको आठौं वार्षिक साधारण सभा आज (कार्तिक ५ गते) काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.