बुधबार ८०० ले बढ्याे सुनकाे मूल्य

  २०७७ कार्तिक ५ गते ११:२७     विकासन्युज

काठमाडाैं । बुधबार प्रतितोला ८०० रुपैंयाले सुनकाे मूल्य बढेकाे छ । मंगलबार प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा काेराेबार भएकाे सुन बुधबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । म‌ंगलबार ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन बुधबार प्रतितोला ८ सयले बढेर ९५ हजार रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १२४० रुपैयाँ नै रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.