वसन्त चौधरीलाई कोरोना संक्रमण

  २०७७ कार्तिक ५ गते ९:१७     विकासन्युज

काठमाडाैं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएकाे छ । चाैधरी सामाजिक संजाल मार्फत आफुलाई संक्रमण देखिएकाे जानकारी दिएका हुन् ।

चाैधरी बुधबार बिहानकाे ६:१४ मा ट्विट गर्दाै आफुलाई कुनै पनि प्रकारकाे लक्षण नदेखिएकाे र घरमै आइशोलेसनमा बसिरहेको जानकारी दिए ।

उनले आफुसँग पछिल्लाे पाँच दिनमा सम्पर्कमा आएका सबैलाई चिकित्सकसँग सल्लाह अनुसार आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.