एनआईसी एशिया लघुवित्तको सीईओमा लक्ष्मण चालिसे नियुक्त

  २०७७ कार्तिक ४ गते २१:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लक्ष्मण चालिसेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

चालिसे विगत १६ वर्षदेखि विभिन्न वाणिज्य बैकहरुको व्यवस्थापकीय पदमा कार्यरत छन् । १६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे २०७६ साल चैतदेखि एनआईसी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा प्रवेश गरेका छन् । हाल उनी बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य छन् ।

साथै, लघुवित्तको सञ्चालकमा विभोर कुमार अग्रवाललाई संस्थाको संचालकमा नियुक्त भएका छन् । यस लघुवित्तले ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सञ्चालक अग्रवाल र प्रमुख कार्यकारी अधिकृत चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास रहेको संस्थाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.