डा. बाबुराम भट्टराई बने संघीय परिषद्को अध्यक्ष

  २०७७ कार्तिक ४ गते १८:५२     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो ।

बैठकपछि बुधबार पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताएका हुन् । यस्तै बैठकले संघीय परिषद्सँगै ८ सय १ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए । त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारीत नियमावली समेत पारित गर्ने काम बैठकले गरेको छ ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोध समेत गरेको छ । यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ । यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरु समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.