मिलिजुली परिवारद्वारा महेश रानालाई आर्थिक सहयोग

  २०७७ कार्तिक ४ गते १८:३१     विकासन्युज

काठमाडौं । मिलिजुली फ्याम्लीले मंगलबार टिचिङ्ग अस्पतालमा निक्कै लामो समयदेखि नै निउरो तथा हाडजोर्नी सम्बन्धी रोगको उपचार गराइरहेका कन्चनपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५ हजार ३५० रूपैयाँ रानाको उपचारको निम्ति यस संस्थाले सहयोग गरेको हो ।

निक्कै नै विपन्न र गरिबीको कारण राना लामो समय देखि अस्पतालको शैयामा आफ्नो कम्मर भन्दा मुनिको भागले काम नगरेकोले उपचार भइरहेको छन् ।

लकडाउन विपन्न नागरिक भोकभोकै परिरहेका बेला मिलिजुली फ्याम्लीले काठमाडौंमा तथा देशको विभिन्न स्थानमा सहयोग अभियान शुरू गर्दै आएको छ ।

यस्तै, यस संस्थाले कोही पनि भोको, नाङ्गो र रोगको चपेटामा नरहुन भन्ने मान्यता राखेर काठमाडौंका विभिन्न ठाउँमा निशुल्क खाना तथा सहयोग गर्दै आएको छ।

‘लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय, वृदाश्रम तथा बिपन्न परिवारको पीडा र समस्यालाई आत्मसात गर्दै सहयोगको अभियान सञ्चालन गरिएको छ ।

मिलिजुली परिवारको तर्फबाट सहयोग तथा हौसला पाएकाले महेश पनि निक्कै खुशी र अब चाँडै घरजाने आशमा रहेका छन् । उनलाई उनकी दिदीले अस्पतालमा रेखदेख गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.